NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ट्विटरको सिइओबाट राजीनामा दिने एलन मस्कको घोषणा

काठमाडौं (एजेन्सी) । एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।

‘यस जिम्मेवारीका लागि कुनै व्यक्ति भेट्नेबित्तिकै म राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु,’ उनले ट्विटरमा लेखेका छन् ।

यसअघि मस्कले टिवटरको सिइओ पद छाड्न ठीक कि सम्हाल्न भनेर ट्वीटर पोल गरेका थिए । उनले नतिजा जे आए पनि आफूलाई स्वीकार्य हुने समेत उल्लेख गरेका थिए ।

मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले नछाड्न मत दिएका थिए ।

केही महिनाअघि मस्कले ट्विटर खरिद गरेयता उनले नीतिहरू परिवर्तन गर्दै आइरहेका छन् । जसका कारण उनको आलोचना हुँदै आएको छ ।