NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कांग्रेस संसदीय दलको मतदान सकियो, नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म भएको मतदानमा ८८ जना सांसदले मत खसालेका छन् ।

सुत्केरी भएर अस्पतालमा रहेकाले सांसद माया राईलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो । निर्वाचन मण्डलले केहीबेरमा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेका छन् । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सिट जितेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष