NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

विवाहमा झगडा हुँदा पर्सामा एक जनाको मृत्यु

काठमाडाैं । पर्साको जगरनाथपुर गाउँपालिकामा विवाहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर ३ ठेकरियाका ३६ वर्षीय सैमुल्लाह राउत गद्यी रहको प्रहरीले जनाएको छ ।

मंगलबार राति गाउँमा भएको विवाहमा नाचगानको विषयलाई लिएर विवाद भएको थियो ।

विवादमा सैमुल्लाह गम्भिर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।