NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालि पब्लिक लिमिटेड कम्पनीमा जाने तयारी अन्तिम चरणमा पुगेको छ । कम्पनीले  पब्लिक लिमिटेड जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी पनि कम्पनीले गरेको छ ।

क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । कम्पनीले हाल ७४ जिल्लाका १०६ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।