कांग्रेस निर्वाचन : जसले गरिन् अस्पतालबाटै मतदान
काठमाडौं । बुधबार सम्पन्न कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा कांग्रेसका ८९ जना सांसदले नै मतदान गरेका थिए । त्यसमध्ये एक महिला सांसद भने स्वास्थ्यका कारण मतदानस्थलमा सहभागी हुन सकिनन् । उनलाई अस्पतालमा नै मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
ओम अस्पतालमा उपचाररत सांसद माया राईले अस्पतालबाटै मतदान गरेकी हुन् । उनी सुत्केरी भएर अस्पतालमा रहेका कारण निर्वाचन समिति र उम्मेदवारको प्रतिनिधिको रोहवरमा अस्पतालमै मतपत्र लगेर मतदान गरी सिलबन्दी गरेर ल्याइएको निर्वाचन समितिले जनाएको छ ।
उनलाई मतदान गर्ने प्रबन्ध मिलाउन निर्वाचन समितिका तर्फबाट सूर्य भट्टराई र दुवै उम्मेदवारका प्रतिनिधि अस्पताल पुगेका थिए ।
ताजा अपडेट
-
नेताको सेवामा खटिएका सुरक्षाकर्मीको तलब रोक्का हुने
-
वाइवाइ चाउचाउमा क्यान्सर हुने एसिड उच्च, बालेनद्वारा दुई लाख जरिवाना
-
शिक्षालाई व्यवसायसँग जोड्न हामी कहाँ चुक्यौं ?
-
यस वर्ष ‘लु’ बाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
-
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
प्रतिक्रिया