NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

शिक्षामा समान अवसर पुर्याउनुपर्ने अवश्यकताबारे छलफल

काठमाडैं । नेपालमा शिक्षाको गुणस्तर वृद्धि संग संगै सबै क्षेत्रका व्यक्तिका लागि शिक्षामा समान पहुँचको खाँचो राजधानीमा बुधबार आयोजित एक समारोहमा औंल्याइएकोछ । युनाईटेड नेशन्स एकेडमिक ईम्पैक्टको सह कार्यमा दिब्यभुमि मल्टिपल कालेजद्वारा ललितपुरमा आज आयोजित सम्मेलनमा सो कुरा औंल्याईएको हो ।

शिक्षामा सबैको समान पहुँच पुर्याउने उदेश्यले आयोजित सो म्मेलनमा वक्ताहरूले शहरी र ग्रामीण परिवेशमा अध्ययन अध्यापनमा संलग्न बिध्यार्थी सहित सम्बद्ध सबैमा शिक्षाको समान अबसर पुर्याउन सके नेपालको शैक्षिक गुणस्तर वृद्धि हुनेमा जोड दिए ।

सो सम्मेलनमा दिब्यभुमि मल्टिपल कलेजका संस्थापक अध्यक्ष प्रमोद शाहले हाम्रो परिवेश,आर्थिक अवस्था तथा शिक्षाका लागि प्राप्त अबसर अपर्याप्त रहेकोले यश तर्फ गंभीर भइ सबै सरकारी एंब निजी संस्थाहरू मिलेर सहकार्य गरेर गुणस्तरिय तथा प्रयोगात्मकशिक्षाको बिकासमा जोड दिए ।

यसैगरी सामुदायिक बिधालय शान्ति शिक्षा मन्दिर सेकेण्ड्री स्कुलका प्रधानाध्यापक सुदम गौतमले अहपलेको शैक्षिक बातावरणमाक्रमिक सुधार गर्दै बिधार्थीलई अध्ययनमूखी बनाउनु पर्ने आवश्यक्तामा प्रकाश पारे । यस्तै विशेष स्कुल तथा पुनस्स्थापना केन्द्रका संस्थापक अध्यक्ष सबिता उप्रेतिले हाम्रो समाजमा अबसरको पहिचान गरि त्यसलाई ब्यबस्थित तबरमा शारीरिकरूपमा असक्तहुनेहरू समक्ष पनि पुर्याउनु पर्ने चर्चा गरिन् ।

कार्यक्रममा बतास फाउण्डेशनका ब्यवस्थापक निर्मल भण्डारीले शिक्षा मानिसको नैसर्गिक अधिकार हो भन्दै यसलाई सबैको पहुँचमा जरूरी भएको बताए । सो अबसरमा प्राध्यापक प्राध्यापक चन्द्र कटुवालले बिधार्थी जीवनमा शिक्षा संगै योगको आवश्यक्ता अपरपहार्य रहेको बताए ।