चितवनमा अटोमोवाइल व्यवसायीहरूको वृहत् भेला हुँदै

काठमाडाैं । यहि २०७९ पौष ८ गते तथा ९ गते पार्क सफारी रिर्सोट, सौराहा, चितवनमा अटोमोवाइल व्यवसायीहरुको वृहत् कार्यक्रमको आयोजना हुने भएको छ ।
नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षलगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रिय कार्य समितिको सहभागितामा अटोमोवाइलको वर्तमान परिस्थिति सम्बन्धमा दुई दिने वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको हो ।
सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एशोसिएशनहरुविच नेपालको समग्र अटोमोवाइल क्षेत्रले बर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एल सी मार्जिनका विषयको सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफलगरी आवश्यक निर्णय गर्र्ने छन् । नाडाले मिति २०७९ मंसिसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाउन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्श निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुती समेत दिनु हुनेछ । सोही क्रममा नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दे सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम सम्पन्न हुनु भन्दा अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने छ ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया