NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाईयो

काठमाडाैं । हत्या अभियोगमा दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाईएको छ ।

बुधबार सर्वोच्च अदालतको आदेश बमोजिम आज शोभराजलाई कारागारबाट मुक्त गरि अध्यागमन विभागको जिम्मा लगाइएको हो ।

आवश्यक कानुनी प्रक्रिया पुरा गरेर उनलाई पुन : नेपाल आउन नपाउने गरी फ्रान्स सरकारको जिम्मा लगाउने तयारी भईरहेको छ ।