NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

६६ वर्षसम्म पनि ‘फिट’ अनिल कपूर के खान्छन् ?

एजेन्सी । सेलिब्रेटीहरूको जीवनशैली आम मानिसका लागि चासोपूर्ण हुन्छ । धेरैकाे नजरमा ‘आइडल’ मानिने उनीहरूका गतिविधी तथा जीवनशैलीमा आम मानिसको चासो रहनु स्वभाविक हो । कतिपय बलिउड सेलिब्रेटीले ढल्किददों उमेरमा पनि आफूलाई फिटनेसको मामिलामा युवाभन्दा कम राखेका छैनन् ।

बढ्दो उमेरसँगै झनै जवान देखिनेमध्येमा पर्छन् बलिउड अभिनेता अनिल कपूर । उमेरले उनी ६६ वर्ष पुगिसके । तर, अहिले पनि उनी आफूलाई तन्दुरूस्त राख्नका लागि नियमित दुई घण्टा जिममा पसिना बगाउने गर्छन् ।

यस्तो छ उनको फिटनेस मन्त्र

विहान ६ बजेबाट उनको दैनिकी सुरू हुन्छ । उठ्नेवित्तिकै उनको पहिलो आहार हो केरा । आफूलाई शारिरीक रूपमा फिट राख्नका लागि उनी अहिले पनि दैनिक दुई घण्टा जिममा पसिना बगाउँछन् र साइक्लिङदेखि लिएर जगिङ र मर्निङ वाक गर्छन् । उनी दिनमा पाँचदेखि ६ पटकसम्म खान्छन् । हरेक डेढ घण्टाको अन्तरालमा उनी केही न केही खान्छन् ।

उनी आफ्नो भोजनमा चिनी र पत्रु खानालाई टाढै राख्छन् र त्यसको साटो दुधजन्य पदार्थलाई बढी जोड दिन्छन् । उनी चिया कफी पिउँदैनन्। त्यसको साटो स्ट्रबेरी मिल्कसेश या स्याउको जुस खान्छन् । उनी आफ्नो भोजनमा ब्रोकाउली, खाल र ब्राउन राइज अनिवार्य रूपमा सामेल गर्छन् ।