NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते
लोक सेवा प्रश्न–

सार्वजनिक व्यवस्थापन र प्रशासनबीचको भिन्नता छुट्याउनुहोस्

जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सहसचिव डा.टोकराज पाण्डेले सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्रसँगै सार्वजनिक व्यवस्थापन र प्रशासनबीचको भिन्नता औंल्याएका छन् ।

सार्वजनिक व्यवस्थापनका कार्यक्षेत्र उल्लेख गर्दै सार्वजनिक व्यवस्थापन र सार्वजनिक प्रशासनबीचका भिन्नता औंल्याउनुहोस् ? ९४ं६०

सार्वजनिक प्रशासनको नवीन अवधारणाः सार्वजनिक व्यवस्थापन

संगठनको निर्धारित उद्देश्य हासिल गर्नका लागि स्रोत र साधनको व्यवस्थित ढंगले परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने रणनीतिक प्रक्रियालाई सार्वजनिक व्यवस्थापन भनिन्छ ।परम्परागत प्रशासनमा हुने गरेका निर्णयमा ढिलासुस्ती, अपारदर्शी कार्यप्रणाली शासक र शासितको सोच, अनुत्तरदायीपना, अनावश्यक गोपनीयताजस्ता कमजोरी निवारण गर्दै प्रशासनमा निजी व्यवस्थापनका राम्रा गुणहरु अवलम्बन गर्ने सुधार अभियानस्वरूप सन् १९८० मा सार्वजनिक व्यवस्थापनको अवधारणा आएको हो ।

सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र

क. आधारभूत व्यवस्थापन

– सार्वजनिक क्षेत्रको नियमन र नियन्त्रण
– सार्वजनिक विकासको व्यवस्थापन
– सार्वजनिक सेवा प्रवाह व्यवस्थापन

ख. नीतिगत व्यवस्थापन

– सार्वजनिक कानून तथा नीतिहरुको तर्जुमा विश्लेषण कार्यान्वयन र अनुगमन तथा मूल्यांकन

ग. योजना व्यवस्थापन

– जनताको माग र आवश्यकताको आधारमा योजनाको तर्जुमा छनोट र कार्यान्वयन

घ. संगठन व्यवस्थापक

– छरितो विकेन्द्रित र आधुनिक प्रविधियुक्त संगठनको निर्माण गर्ने

ङ. मानव स्रोत व्यवस्थापन

मानव स्रोत व्यवस्थापनसम्बन्धी योजना संगठन नियन्त्रण निर्देशन व्यवस्थापन

च. आर्थिक व्यवस्थापन

– राजस्व संकलन तथा परिचालन गर्ने
– वैदेशिक सहायता तथा ऋण व्यवस्थापन
– आर्थिक लेखा प्रणाली

सार्वजनिक व्यवस्थापन र सार्वजनिक प्रशासनबीचको भिन्नता

यसरी
सार्वजनिक व्यवस्थापन सार्वजनिक प्रशासनमा आएको नवीनतम् अवधारणा हो । यो group efforts सँग गाँसिएको systematic  क्रियाकलाप हो ।

सार्वजनिक प्रशासनमा रहेका पुराना मूल्य र मान्यतालाई विस्थापित गर्दै नवीन अवधारणाको प्रयोग र विकासमा सार्वजनिक व्यवस्थापन क्रियाशील रहने भएकाले यसको सफल अभ्यासमार्फत संगठनात्मक लक्ष्य उद्देश्य हासिल गर्नु जरुरी हुन्छ ।

(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्