NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

यो पनि र त्यो पनि भन्दा यो न त्यो हुने अवस्थामा पुगिएला – महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हठ, हतारो र आवेगमा कुनै निर्णय नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

जनतामाझ चर्को आलोचनाबीच पनि गठबन्धन गर्ने तर उनीहरूको अपेक्षा नै जोगाउन नसक्ने अवस्था आउन नदिन पनि उनको सुझाव छ । ‘आलोचना बीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न,’ उनले भने, ‘समयले अभिभावकत्व खोजेको छ। यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न ।’

सरकार गठनबारे विहान दश बजेदेखि बालुवाटारमा बसेको बैठकबाट अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति र पहिलो कार्यकालको प्रधानमन्त्रीमा आफ्नो हठ छोडेका छैनन् भने यसमा टसको मस पनि नभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जारी बैठक नै छोडेर हिँडेका छन् । यस्तो अवस्थामा विकल्पहरुको विकल्पमा जुट्नुको विकल्प नभएको महामन्त्री शर्माले बताएका छन् ।