NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

हामी एम्बाप्पे भयौँ : कांग्रेस महामन्त्री शर्मा

काठमाडाैं । पोखराको साहित्य महोत्सवमा पुगेर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेसँग दाँजेका छन् ।

एम्बाप्पेले वर्ल्डकपमा धेरै गोल हान्यो । मंसिर ४ को निर्वाचनमा कांग्रेसले धेरै सिट जित्यो । उनले भने ‘एम्बाप्पेले धेरै गोल हानेर गोल्डेन बुट जित्यो तर कप चाहीँ अर्कैले लग्यो । अहिले हाम्रो त्यस्तै हालत भयो ।’

महामन्त्री शर्माले यो टर्निङ प्वाइन्ट भएको सुनाउँदै,यसमा धेरै चिन्ता गर्न नहुने तर गहिरो विश्लेषणका साथ अबको यात्रा तय गर्नु पर्ने कुरामा जोड दिए ।