NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राम सहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको नेतामा यादवलाई सर्वसम्मत नेता चयन गरेको हो । नेता चयनको विषयमा संघीय परिषद्का अध्यक्षसमेत रहेका अशोक राई र नेता राजकिशोर यादबले दाबी गरेका थिए ।

यी दुई नेताबीच कुरा नमिल्दा निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशित गरेको थियो । दलको नेतामा यादवलाई नेता मान्न दुवै जना तयार भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यादव बारा–२ बाट निर्वाचित भएका थिए । आध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएपछि यादवले संसदीय दलको नेतामा बाजी मार्न सफल भएका हुन् ।