NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको दाबी

काठमाडाैं । नेकपा माओवादी केन्द्र प्रदेश १ मुख्यमन्त्रीमा औपचारिक रुपमा दाबी गरेको छ । सो पार्टीको प्रदेश १ का पदाधिकारी बैठकले आज यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन र अन्य पार्टीसँगको सहकार्यका लागि वार्ता समिति समेत निर्माण गरेको जनाएको छ ।

माओवादी केन्द्रका सचिव तथा प्रदेश इन्चार्ज राम कार्कीको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा इन्द्रबहादुर आङ्बो र हर्कबहादुर नेम्वाङ रहेका छन् ।

९३ सांसद रहेको प्रदेश १ को प्रदेश सभामा नेकपा माओवादी केन्द्रका जम्मा १३ जना सांसद छन् । नेकपा एमालेका ४० छन् भने नेपाली कांग्रेसका २९ सांसद रहेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना सांसद निर्वाचित छन् ।

माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङबोले मुख्यमन्त्री पदमा दाबी गर्दै आएका छन् ।