NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अर्थमन्त्री तथा गर्भनरसँगकाे भेटपछि उद्योग वाणिज्य संघको आन्दोलन स्थगित

काठमाडौं । अर्थमन्त्री तथा गर्भनरसँगकाे भेटपछि जिल्ला तथा नगर उद्योग वाणिज्य संघले आन्दोलन स्थगित गर्ने निर्णय गरेकाे छ ।

उद्योग वाणिज्य संघले बैंक तथा वित्तिय संस्थाहरुमा देखिएका तरलता र संकटको बारेमा सरकारको ध्यानाकषर्ण गर्दै आन्दोलन स्थगित गरेको हाे ।

विगत एक वर्षदेखि देशमा भएको बैंक तथा वित्तिय संस्थाहरु व्याजमा अप्राकृतिक बृद्धि, पुनर कर्जा फिर्ता लगानी योग्य, पुँजी अभाव, तरलतामा कमी, आधार दर अनायास वृद्धि, आधार दरमा मनापरी प्रिमियम दर, थप गर्ने बैंकको अभ्यास, आयातमा अवरोध, सतप्रतिशत मार्जिन, अव्यवहारिक चालु पूँजी कर्जा मार्ग निर्देशिका, आदि समस्या समाधानका लागि सरकार नियमन निकाय र बैंक तथा वित्तिय संस्थाहरुको ध्यानाकर्षण गर्ने, भेट गर्ने कार्यबाट कुनै परिणाम नआएपछि देशभरका उद्योगी, व्यापारी संस्थाहरु आन्दोलित रहेर सडक आन्दोलन चलाइरहेका थिए ।

हेराैं विज्ञप्ति :