NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नटिङ्घम फरेस्ट म्यानचेस्टर युनाइटेडसँग ३–० परास्त

स्टार फरवार्ड मार्कस रासफोर्डको यो सिजनको १० औं गोलको मद्दतमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको खेलमा नटिङ्घम फरेस्टलाई ३–० ले हराएको छ । रासफोर्डले यो सिजनमा म्यानचेस्टर युनाइटेडका लागि २१ खेलमा १० गोल गरेका छन् ।

यसअघिको खेलमा इंग्लिस खेलाडी रासफोर्डले पनि गोल गरेका थिए । उनले इएफएल कपमा बर्नलीविरुद्ध एक गोल गरेका थिए। यसबाहेक उनले कतार विश्वकपमा तीन गोल गरेका थिए। इरानविरुद्ध एक र वेल्सविरुद्ध दुई गोल गरे ।

खेलमा युनाइटेडका लागि रासफोर्डले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । उनले १९ औं मिनेटमा बक्स भित्रबाट एरिक्सनको पासमा गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । त्यसपछि पनि युनाइटेडले गोल गर्ने क्रम जारी राख्यो । यस पटक रासफोर्डले कुनै गोल गर्न सकेनन् तर गोल गर्न भने पक्कै सहयोग गरे । २३ औं मिनेटमा रासफोर्डले उपलब्ध गराएको बललाई एन्थोनी मार्सियलले गोलमा परिणत गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा म्यानचेस्टर युनाइटेड २–० ले अगाडि थियो । दोस्रो हाफमा युनाइटेडका प्रशिक्षक एरिक टेन हेगको टोलीले थप आक्रामक खेल्दै गोल गर्न सफल भयो । फ्रेडले ८७ औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरेका थिए । ब्राजिलियन खेलाडी कासेमिरोले फ्रेडले हेडमार्फत गोल निकालेर टोलीको अग्रता ३–० बनाए।

नटिङ्घम फरेस्टका खेलाडीले गोल गर्ने केही अवसर सिर्जना नगरेका होइनन् । तर त्यसलाई गोलमा परिणत गर्न भने चुके ।

म्यानचेस्टर युनाइटेड अंक तालिकाको चौथो स्थानमा पुग्नबाट अब मात्रै दुई अंक टाढा छ । यो जितपछि युनाइटेड २९ अंकसहित अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । आर्सनल ४० अंकसहित शीर्ष स्थानमा छ भने न्युक्यासल ३३ अंकसहित दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ । नटिङ्घम १३ अंकसहित १९ औं स्थानमा छ ।