NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

स्पष्ट प्रयोजन खुलाएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोग सँग भेट्नु : गृह मन्त्रालय

काठमाडाैं । सुरक्षा निकायका पदाधिकारीहरुले राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाटका लागि अब गृह मन्त्रालयको विभागीय स्वीकृति अनिवार्य लिनु पर्ने भएकाे छ ।

विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गरेको पाइएमा विभागले सुरक्षा पदाधिकारीहरुलाई अनुशासनको कारबाही समेत गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता फाडिन्द्रमणि पोखरेले एक विज्ञप्ती जारी गर्दै, कुटनीतिक नियोग, विभिन्न राजनैतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नु पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्रै गर्नु गराउन र सो को प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध गरिएको भनिएको छ ।