नेपाल टि ट्वान्टी क्रिकेट : विराटनगर विजयी
काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि–ट्वाटी क्रिकेट लिगमा विराटनगर सुपर किङ्ग्स विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो ।पोखराले विराटनगरलाई जितका लागि एक सय ३६ रनको चुनौती दिएको थियो ।
जवाफमा विराटनगरले १८ दशमलव चार ओभरमा दुई विकेट गुमाएर एक सय ३८ रन बनायो । विराटनगरको जितमा रोहित पौडेलले अविजित ७१ रनको योगदान दिए । उनले ५७ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ७१ रनको योगदान दिएका हुन् ।
त्यसैगरी गौरान्सु शर्माले ३३ रन थपे भने हुसेन तलातले २८ रनको योगदान गरे । बलिङमा पोखराका अमिर हम्जा र जाहिर खानले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो ।
पोखराका लागि अमिर हम्जाले सर्वाधिक ३७ रनको योगदान दिए भने सुमित महर्जनले २६ रन बनाए । त्यसैगरी कप्तान उपुल थरङ्गाले २५ रन बनाउँदा प्रतिशत जिसिले अविजित १३ तथा आसिफ शेखले ११ रन जोडे । विराटनगरका कप्तान आन्द्रे म्याकार्थीले तीन विकेट लिए भने साहब आलम, राज नानन र नन्दन यादवले समान एक/एक विकेट लिए ।
यससँगै चार खेल खेलेको विराटनगरले दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको छ । विराटनगर अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै पाँच खेल खेलको पोखरा भने पाँचैँ खेलमा हार बेहोर्दै अङ्कताकिकाको तेस्रो स्थानमा छ ।
प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी अल स्टार अपराजित रहदै आठ अङ्कका साथ लिगको शीर्ष स्थानमा छ । काठमाडौँ नाइट्सले तीन खेलमा दुई जित हात पार्दै चार अङ्कका साथ दोस्रो स्थानमा छ । त्यसैगरी जनकपुर रोयल्स तीन खेलमा दुई जित हात पार्दै नेटरनरेटका आधारमा चौँथो तथा फार वेस्ट युनाइटेड पाँचौँ स्थानमा छ ।
तीन खेल खेलेको फार वेस्टले एक खेलमा जित हात पार्दै दुई अङ्क जोडेको छ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख तथा उपविजेताले ३० लाख हात पार्नेछन् ।
ताजा अपडेट
-
गृहमन्त्रीको एक्सनः कांग्रेस सांसद दीपक खड्काको रेष्टुरेन्ट र पार्टी प्यालेस सिल
-
सहसचिव तामाङ ५० हजार धरौटीमा छुटे
-
त्रिभुवन विमानस्थलको विमानमा एक किलो सुन भेटियो, तस्कर फरार !
-
सेटिङ मिलाएर घुस खाने प्रहरीलाई चार महिना कैद
-
छोटुलाल शर्माको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए
प्रतिक्रिया