NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सन्दीप लामिछानेको निवेदन हेर्न नभ्याइनेमा

काठमाडाैं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्यामा आज सुनुवाइ  नहुने भएकाे छ ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर अहिले हेर्न नभ्याइनेमा परेको छ ।

नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लामिछानेलाई २०७९ कार्तिक १८ गते जिल्ला अदालत काठमाडाैंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।