NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फर्कन थाले मापदण्ड विपरित खटिएका सुरक्षाकर्मी

काठमाडाैं । गृह मन्त्रालयको निर्देशनपछि मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी र्फिता गर्न थालिएको छ ।

पुर्व कर्मचारी र सुरक्षकर्मी कहाँ माफदण्ड विपरीत खटिएको १९४ सुरक्षाकर्मी हालसम्म फर्कीएकाे गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ ।

बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालय, नक्सालमा गएर हाजिर भइसकेका छन् ।

बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पुर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीको संख्या भन्दा बढी भए फिर्ता गर्न भनेको थियो ।

पुर्वकर्मचारी र सुरक्षाकर्मीका साथमा खटिएका सुरक्षाकर्मीलाई मापदण्ड भन्दा बढी भए फर्कन भनेपनि मन्त्रालयले राजनीतिक दलको हकमा भने केही बोलेको छैन ।

 

ताजा अपडेट

नेपालवाच विशेष