NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
सन्दर्भ

कसरी रहन गयो पेले नाम

ब्राजिलका चर्चित फुटबल खेलाडी पेलेको निधन भएको छ । ८२ वर्षीय उनी केही समयदेखि मिर्गौला र प्रोस्टेट रोगबाट पीडित थिए । साथै उनी क्यान्सरबाट पनि ग्रस्त थिए ।

ब्राजिल विश्वकप फुटबलमा सबैभन्दा सफल टोली हो। पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको यो सफलतामा सबैभन्दा ठूलो योगदान दिने खेलाडीलाई विश्वले पेलेको नामले चिन्छ ।

पेलेले आफ्नो टोलीलाई तीन पटक विश्वकपको उपाधि दिलाएका थिए । उनी केही समयदेखि अस्वस्थ थिए, विश्वभरका खेलप्रेमीहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आएका थिए । तर बिहीबार शरीरका अंग फेल भएपछि महान् सर्वकालीन फुटबल खेलाडीलाई यो संसारले सदाका लागि गुमायो ।

चमत्कारिक पेले

फुटबलका जादुगर भनिने पेलेको करिश्मा आजसम्म कुनै पनि फुटबलरले जित्न सकेको छैन ।

उनको उपस्थितिमा ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबलको उपाधि जितेको थियो । पेले तीनवटा विश्वकप जित्ने विश्वका एक मात्र फुटबलर हुन्।

यो बिले केही समयमै पेलेमा परिणत भयो । आफ्नो नाम बिगारिदिएकोमा पेले सहकर्मीसँग झगडा गर्थे । यस नाममा जति नै असन्तुष्टि रहे पनि छिमेकीहरूले उनलाई यही नामले चिन्न थालिसकेका थिए । सान्तोस क्लबमा आएपछि आधिकारिक रूपमा नै उनलाई पेले भन्न थालियो । डिकेले नरुचाएको यही नाम विस्तारै गाउँ, टोल, देश हुँदै संसारभर प्रख्यात र प्रिय बन्न पुग्यो

योसँगै सबैभन्दा कम उमेरमा गोल गर्ने, ह्याट्रिक गर्ने र विश्वकपमा फाइनल खेल्ने कीर्तिमान उनैको नाममा छ । जसलाई ६० वर्षपछि पनि कसैले तोड्न सकेको छैन ।

विश्वकै उत्कृष्ट फुटबलर

पेलेको नाम कसरी रहन गयो भन्ने कथा उनको करिश्मा जत्तिकै रोचक छ, जसले फुटबललाई ब्राजिलमा मात्र नभई विश्वभर लोकप्रिय बनायो ।

सबैभन्दा चाखलाग्दो कुरा के छ भने पेले नामले विश्वभर चर्चित व्यक्तिको नाम न त पेले थियो न उपनाम नै ।

पेलेको जन्म २३ अक्टोबर १९४० मा ब्राजिलको सानो सहर मिनास गेराइसमा भएको थियो। उनका बुबा क्लबस्तरका फुटबलर थिए भने आमा गृहिणी । उनीहरूले आफ्नो छोराको नाम एडसन राखेका थिए ।

पेलेका नसुनिएका कहानी

यो नाम राख्नुको कारण पनि उत्तिकै रोचक र रमाइलो छ । पेलेले आफ्नो संस्मरणमा नै यसबारे उल्लेख गरेका छन्, ‘जब म जन्मिएँ, हाम्रो सहरमा बिजुलीको बल्ब आएको थियो, मेरा आमाबुवाले बल्बको बत्ती चलाउनुहुन्थ्यो, जुन आविष्कार देखेर उहाँहरू रोमाञ्चित मात्र हुनुभएको थिएन, छक्क नै पर्नुभयो ।’ पेलेका पुस्तकमा उल्लेख भएअनुसार, बल्बका आविष्कारक हुन भन्ने थाहा पाएपछि उनका आमाबाबुले यही नाम उनलाई राखिदिएका थिए, सम्मानस्वरूप। तर हिज्जे भने मिलेको थिएन, गलत लेखिएको थियो ।

यसरी पेलेको नाम एडसन रहन गयो । पूरा नामचाहिँ एडसन एरेंटस डो नासिमेंटो।

ब्राजिलमा नामहरू लामो हुने भएकाले उपनामको परम्परा छ । ब्राजिलमा, सामान्यतया प्रत्येक व्यक्तिको एक वा दुई वटा उपनामहरू हुन्छन्, जसद्वारा उनीहरूको परिवारका सदस्यहरूले उनीहरूलाई बोलाउँछन्।

छोरालाई फुटबलर बनाउने सपना

एडसन अर्थात् पेलेलाई डिको उपनाम पनि दिइएको थियो। पेलेका बाबुआमा, दाजुभाइ वा उनलाई चिन्ने साथीहरूले उनलाई डिको नै भनेर बोलाउँथे ।

डिकोका बुबा आफैं पनि फुटबल खेल्थे, तर २५ वर्षको उमेरमा चोटका कारण उनको फुटबल करियर क्लबस्तरभन्दा अगाडि बढ्न सकेन । त्यसैले उनी पूरा हुन नसकेको सपना आफ्नो छोराबाट पूरा गराउन चाहन्थे ।

उनको परिवार साओ पाउलोको बउरु सहरमा बस्न आएको थियो।

सानैदेखि पाएको तालिमका कारण सडकमा पेलेको विशेषताबारे चर्चा हुन थालिसकेको थियो । तर स्रोतसाधनको अभाव थियो,पेलेसँग ।

पेले कहिले च्यातेका पुराना कपडाबाट बल बनाएर फुटबल खेल्थे त कहिले छिमेकी स्टेशनबाट गायब भएको रेलका सामान बेचेर बलको पैसा उठाउने गर्थे ।

९–१० वर्षको उमेरमा उनले आफ्ना साथीहरूलाई चकित पार्न थालिसकेका थिए । मैदानमा उनलाई रोक्नु प्रतिस्पर्धीलाई फलामको च्युरा चपाउनुसरह कठिन थियो ।  त्यसैले साथीहरूले पुनः उनको न्वारन गरिदिए, ‘गैसोलिना’ भनेर।

यो नामको अर्थ थियो, ग्यासको गतिमा दौडनु । हुन पनि, उनी ग्यासजस्तै तेज थिए । कसैले भेट्टाउन नसक्ने । पेलेले आफ्नो आत्मसंस्मरणमा आफूलाई यो नाम केही हदसम्म मन परेको उल्लेख गरेका छन् ।

तर उनको नाम पेले कसरी रहन गयो ? यस सम्बन्धमा धेरै प्रकारका दाबीहरू गरिएका छन् । पेलेको अर्थ गेलिक भाषामा फुटबल हो भन्ने व्यापक रूपमा दाबी गरिएको छ । यही भाषबाट टिपेर उनको नाम पेले राखिएको बताइने गरिन्छ ।

तर यो दाबीलाई सत्य मान्न सकिँदैन । किनकि, गेलिक आयरल्याण्डको वरिपरिको भाषा हो र त्यसको कुनै पनि शब्द त्यस समयमा हजारौं माइल टाढा रहेको बउरु, ब्राजिलमा पुग्न असम्भव थियो ।

सान्तोसले १६ वर्षको उमेरमा सिर्जना गरेको पेले ब्रान्ड ६ दशकपछि पनि चम्किरहेको छ र ८२ वर्षको उमेरमा पेलेको मृत्युपछि पनि सायद पेलेलाई विश्वभर फुटबलको ब्रान्ड एम्बेसेडरका रूपमा हेरिनेछ ।

पेले शब्द हिब्रू भाषामा पनि छ, जहाँ यसको अर्थ चमत्कार हो। तर त्यो बेला प्यालेस्टाइन र इजरायलको कुनै पनि शब्द ब्राजिलमा पुग्न असम्भव थियो।

यस्तो अवस्थामा पेलेको नाम पेले कसरी भयो भन्ने प्रश्न उठेको छ । त्यसबेला ब्राजिलमा पोर्चुगिज भाषा प्रचलित थियो र यसमा पेले शब्दको कुनै अर्थ थिएन।

तर त्यसको बावजुद पेले १५ वर्षको उमेरमा ब्राजिलको चर्चित क्लब सेटन्समा आबद्ध हुँदा उनको नाम पेले राखियो ।

पेले नाम राखिएकोबारे पेलेले आफ्नो आत्मसंस्मरणमा पनि उल्लेख गरेका छन् । यो नाम आफ्नो मामाले दिएको उल्लेख गरे पनि कसरी र कहाँबाट आयो भन्नेबारे केही खुलाइएको छैन ।

पेलेका मामा जर्ज उनीसँगै बस्थे र धेरै वर्षसम्म पेलेको परिवारलाई उनको जागिरले भरथेग गरेको थियो ।

जर्जका अनुसार बउरुको स्थानीय फुटबल क्लब टोलीका एक गोलकिपरको नाम बिले थियो । बउरु त्यही क्लब थियो जहाँबाट पेलेका बुबाले पनि खेलेका थिए । बिले आफ्नो उत्कृष्ट गोलकिपिङका कारण त्यसताका निकै लोकप्रिय थिए ।

अर्को तर्फ, बाल्यकालमा डिकोले धेरै खेलमा गोलकिपरको भूमिका पनि निर्वाह गर्नुपरेको थियो । जब उनी उत्कृष्ट डिफेन्स गर्थे, मानिसहरूले उनी अर्कै बिले हो भन्न थाले ।

यो बिले केही समयमै पेलेमा परिणत भयो । आफ्नो नाम बिगारिदिएकोमा पेले सहकर्मीसँग झगडा गर्थे । यस नाममा जति नै असन्तुष्टि रहे पनि छिमेकीहरूले उनलाई यही नामले चिन्न थालिसकेका थिए । सान्तोस क्लबमा आएपछि आधिकारिक रूपमा नै उनलाई पेले भन्न थालियो । डिकेले नरुचाएको यही नाम विस्तारै गाउँ, टोल, देश हुँदै संसारभर प्रख्यात र प्रिय बन्न पुग्यो ।

पेलेलाई ब्रान्डमा परिणत गर्न सान्तोसका प्रबन्धकहरूले मुख्य भूमिका निर्वाह गरेका थिए भन्ने अनुमान लगाउन कठिन छैन ।

सान्तोसले १६ वर्षको उमेरमा सिर्जना गरेको पेले ब्रान्ड ६ दशकपछि पनि चम्किरहेको छ र ८२ वर्षको उमेरमा पेलेको मृत्युपछि पनि सायद पेलेलाई विश्वभर फुटबलको ब्रान्ड एम्बेसेडरका रूपमा हेरिनेछ ।

(बिबिसीबाट अनुदित)