NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

हलमा आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’

काठमाडौं । प्रविण झा निर्देशित चलचित्र डिसेम्बर फल्स’ आजदेखि प्रदर्शनमा आएको छ । रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा मूख्य भूमिका अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीलाई देख्न सकिन्छ ।

त्यस्तै, चलचित्रमा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको पनि अभिनय रहेको छ ।

चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् । चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् ।

आर्यन र उपासनाकाे ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक