NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गुजरातमा बस र कार ठोक्किए, ९ जनाको मृत्यु

काठमाडौं । गुजरातको नवसारी जिल्लामा शनिबार बिहान बस र कार ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरू धेरै घाइते भएको र उनीहरूलाई उद्धार गरेर अस्पताल पठाइएको छ ।

नवसारीको अहमदाबाद–मुम्बई राजमार्गमा आपसमा ठोक्किएर यो दुर्घटना भएको हो।

नवसारी, डेपुटी एसपी वीएन पटेलले समाचार एजेन्सी एएनआईलाई अहमदाबाद–मुम्बई राजमार्गमा बस र कार ठोक्किँदा नौ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताएका छन्। उनका अनुसार, घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

गृहमन्त्री अमित शाहले एक ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।