NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्पानियोलले रोक्यो बार्सिलोनालाई

काठमाडौं । स्पानियोलले बार्सिलोनालाई बराबरीमा रोकेको छ । जित निकाल्न चुके पनि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना स्पानियोलसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको सातौं मिनेटमा मार्कोस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए पनि ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गर्दै स्पानियोललाई बराबरीमा फर्काए ।

योसँगै बार्सिलोना १५ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ भने स्पानियोल १३ अंकका साथ १६ औं स्थानमा छ ।

ताजा अपडेट

नेपालवाच विशेष