NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मिटरब्याजपीडितले न्याय पाएनन्, आन्दोलन घोषणा

काठमाडौं । लामो समयदेखि संघर्षरत मिटरब्याजपीडितले आन्दोलन घोषणा गरेका छन् । आफ्ना समस्या राज्यले सम्बोधन नगरिदिएपछि सिराहाका मिटरब्याजपीडित नागरिकले आन्दोलन घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको मागमा उदासीनता देखाएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको मधेश प्रदेश मिटर ब्याज घटना संघर्ष समितिले जनाएको छ ।

आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गरिनेछ । बाँकी कार्यक्रम भने त्यसपछि तय गर्ने समितिको तयारी छ ।

तराई क्षेत्रका नागरिक मिटरब्याजबाट पीडित हुँदै आएका छन् । यसलाई सम्बोधन गर्न सरकारले कार्यदल गठन गरे पनि पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् ।