NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

यी अवस्थामा अदुवाको चिया हुन सक्छ हानी

काठमाडौं । अदुवा भिटामिन सी, भिटामिन बी ६ , भिटामिन के, भिटामिन ई को राम्रो स्रोत हो। यसमा हुने यीनै तत्वले जाडोमा अदुवा चिया फाइदाजनक हुन्छ । अदुवा चियाले रुघाखोकी, तथा चिसोबाट बचाउँने गर्छ । जाडो मौसममा यो फाइदाजनक नै मानिन्छ ।

अदुवामा पाइने फाइबर, प्रोटिन, क्याल्सियम, आइरन, पोटासियम, सोडियम, जिंक, तामा जस्ता खनिजहरू शररीरका लागि राम्रो मानिएपनि यसको बढ्दो प्रयोग भने स्वास्थ्यमा घातक हुन सक्छ ।

कस्तो अवस्थामा घातक हुन सक्छ अदुवाको प्रयोग :

गर्भवस्था

गर्भावस्थामा महिलाको शरीरमा धेरै आन्तरिक परिवर्तनहरू हुन्छन्। जसका कारण वाकवाकी लाग्ने, पेट दुख्ने, चक्कर लाग्ने, रक्तचाप कम हुने जस्ता स्वास्थ्य समस्या हुने गर्दछ । यस्तो अवस्थामा महिलाले अदुवाको अत्यधिक सेवन गरेमा रगत बग्ने र कब्जियतको समस्या हुन सक्छ ।

महिनावारी

तातो अदुवाको सेवनले रगत पातलो हुन्छ । महिनावारीको समयमा अदुवाको अत्यधिक सेवनले धेरै रक्तश्राव हुन सक्छ र महिनावारी सामान्यभन्दा लामो समयसम्म रहन्छ। महिनावारीको समयमा अदुवाको प्रयोग थोरै मात्रामा गर्नु पर्छ। पायल्सको समस्यामा अदुवाको सेवन नगर्न नै उपयुक्त हुन्छ ।

उच्च रक्तचाप र मधुमेहमा हानिकारक

जाडोमा शरीरको रक्तसञ्चार कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई निकै गाह्रो हुन्छ । मधुमेहमा अदुवाको सेवन गर्नाले रगतमा चिनीको मात्रा कम हुन्छ ।