NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

गृहमन्त्रालयले बोलायो प्रजिअहरुको भर्चुअल बैठक

काठमाडाैं । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी ( प्रजिअ) र जिल्लास्थित सुरक्षा प्रमुखहरुको संयुक्त बैठक बोलाएको छ ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको निर्देशनमा बोलाइएको बैठक सोमबार बिहान ९ बजेका लागि ताेकिएकाे छ ।

भर्चुअल रुपमा हुने बैठकमा ७७ जिल्लाकै प्रजिअ र सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख सहभागी हुनेछन् ।