NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

भागबण्डा मिलाउन तीन मन्त्रालय फुटाउने तयारी

काठमाडौं । सत्ता साझेदार दलहरूले भागबण्डा मिलाउन तीन वटा मन्त्रालय फुटाउने तयारी गरेका छन् । संसदीय समितिले प्रशासनिक खर्च घटाउन मन्त्रालय १५ वटामा सीमित पार्न सिफारिस गरेको दुई महिनामै मन्त्रालय फुटाएर २५ पुर्याउन लागिएको हो ।

मन्त्रालयको संख्या अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित २२ छ । ०७४ को आम निर्वाचनपछि कार्यविभाजन नियमावली संशोधन गरेर मन्त्रालयको संख्या १८ मा सीमित गरिएकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको एक महिनामै २२ पुर्याएका थिए । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फुटाउने कसरत सुरु भएको हो ।

‘मन्त्रालय टुंग्याउने विषयमा छलफल भइरहेको छ, टुंगो लागेको छैन,’ सत्तारुढ दलका एक नेताले भने ।

०७४ को चुनावअघि संघमा मन्त्रालयको संख्या ३१ वटा थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भागबण्डा मिलाउन पटक पटक विस्तार गर्दै मन्त्रिपरिषद्लाई ६४ सदस्यीय बनाएका थिए । जुन अहिलेसम्मकै ठूलो मन्त्रिपरिषद् हो, आजको कान्तिपुर दैनिकमा खबर छ ।