NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मेयर बालेनले बुझेनन् खुलामञ्च जोगाउने ज्ञापन पत्र

काठमाडाैं । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै आज काठमाडौ महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।

मेयर बालेन्द्र साह ‘बालेन’लाई ज्ञापन पत्र बुझाउन गएका अभियान्ताहरुलाई मेयरले भने व्यस्त रहेको बताउँदै भेट दिएनन् ।

माघको पहिलो हप्तासम्म फुर्सद नभएको भन्दै मेयर बालेनले भेट्न नमानेको अकुपाई टुडिखेलका प्रवक्ता सन्जय अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार उनिहरुले उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई ज्ञापन पत्र बुझाएर उनिहरु फर्किएका छन् ।

स्थानियवासी अकुपाई टुडिखेलका अगुवाहरू खुल्लामञ्च जाेगाउन माग गर्दै काठमाडाैं महानगरपालिका पुगेका थिए ।