NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टि–ट्वान्टी क्रिकेट : पोखराद्वारा काठमाडौं पराजित

काठमाडौं । पोखरा एभेन्जर्सले काठमाडौं नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौंलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौंले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा ग-यो ।

पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन् । त्यसैगरी पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बल प्रहार गरेका उनले एक चौका र पाँच चौकाको मद्दतमा ४९ रन बनाएका हुन् ।

कुशल मल्लले अविजित १४ रन जोडे भने शासिफ शेखले सात तथा सिद्धान्त लोहनीले ३ रन बनाए । बलिङतर्फ काठमाडौँका कमल ऐरीले तीन विकेट लिए भने अनिल खरेल र अविनाश बोहोराले समान एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो ।

काठमाडौंका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिएका थिए भने सुमन गौतमले ४५ रन बनाएका थिए । त्यस्तै विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोडेका थिए ।

काठमाडौंलाई एक सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले दुई विकेट लिए भने कुशल मल्ल र प्रतिश जिसीले समान एकरएक विकेट लिए । यो जितसँगै आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो छ ।

त्यस्तै छ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौं ६ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको विजेता टोलीले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने छन् ।