NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रतिनिधिसभामा एमालेको एक सिट बढ्यो

काठमाडौं । निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रतिनिधिसभामा नेकपा एमालेको एक सिट बढेको छ । स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेसँगै एमालेको सिट संख्या बढेर ७९ पुगेको हो । साह गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

उनै साहलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराए । सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको उपस्थिति थियो ।