NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अनुहार देखाएर खेलेको भन्दै इरानी चेस खेलाडी र परिवारलाई धम्की

काठमाडौं (एजेन्सी) । इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै स्वदेश फर्कने धम्की दिइएको छ । हिजाब मुस्लिम महिलाले अनुहार छोप्न प्रयोग गर्ने एक किसिमको वस्त्र हो ।

समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै हिजाबबिना खेलमा सहभागी भएको भन्दै उनलाई धम्की आएको लेखेको छ ।

इरानमा महिलाले अनिवार्य हिजाब लगाउनुपर्ने प्रावधान छ । तर गत हप्ता कजाकिस्तानमा आयोजित विश्व र्यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा सारा बिना हिजाब सहभागी बनेकी थिइन् ।

समाचारहरूमा जनाइएअनुसार, यो प्रतिस्पर्धापछि उनलाई धेरै फोन कल आएका छन् जसमा अधिकांशले उनलाई स्वदेश फर्किन चेतावनी दिएका छन् ।

इरानमा रहेका साराका आमाबुवा र आफन्तलाई समेत धम्की आइरहेको बताइएको छ ।

इरानको विदेश मन्त्रालयले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

मंगलबार स्पेन पुगेकी साराले पनि यसबारे मुख खोल्न चाहेकी छैनन् ।