NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

काठमाडौं । आजकल अधिकांश मानिस माउथ फ्रेसनरको रूपमा मात्र सुपारी प्रयोग गर्छन्। तर आयुर्वेदमा यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको छ ।

यो हजारौं वर्षदेखि घरेलु उपचार र विभिन्न औषधि बनाउन प्रयोग गरिदै आएको छ । यसले मुखको अल्सर, दाँत दुख्ने र पेटसम्बन्धी समस्यामाबाट छुटकारा दिन मद्त गर्छ । सुपारीमा यस्ता धेरै तत्व पाइन्छ, जसले दाँतको दुखाईमा आराम दिन्छ।

यसबाहेक, सुपारी मुखको अल्सरको लागि लाभदायक मानिन्छ। सुपारी, खीर र पिपलीको मिश्रण । दाँत र गिजाको दुखाईबाट आराम मिल्छ । त्यस्तै, यसको सेवन वान्ता आउने समस्या भएका व्यक्तिले पनि गर्दा राम्रो मानिन्छ । यो वान्ता रोक्ने अचुक ओखती हो ।

सुपारीको अत्याधिक सेवन पनि शरीरका लागि हानिकारक हुन सक्छ । त्यसैले सुपारीलाई काढा बनाएर खाने गर्दा बढी लाभदायिक मानिन्छ । कलेजो वा मृगौलासँग सम्बन्धित समस्या भएकाले भएकाले भने यसाको सेवन गर्नु हुँदैन् ।