NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना अपडेट : थप तीन जनामा संक्रमण

काठमाडौं । बिहीबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

३०६ नमुना परीक्षणमा पिसिआर विधिबाट तीन जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा दुई जना संक्रमणमुक्त भएका छन् भने २२ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४७ हजार २४७ जनाले कोरोनाविरुद्ध खोप लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

छिमेकी मुलुकमा कोरोनाको नयाँ प्रजाति बिएफ.७ देखिएसँगै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रहसमेत गदै आएको छ । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा खोप लगाउन मन्त्रालयले भनेको छ ।

No photo description available.