NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षमा नायिका प्रियंका कार्की

काठमाडौं । कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’ मा नायिका प्रियंका कार्की अध्यक्षको भूमिकामा देखिने भएकी छन् ।

हाँस्य कलाकार जितु नेपालले अध्यक्षमा प्रियंकालाई अनुबन्धित गरेको कार्यक्रमको प्रोमो छायांकन गरिसकेका छन् । कार्यक्रमको नयाँ संस्करणमा प्रियंकालाई निर्माण टिमले अध्यक्षको भुमिकामा देखाउने भएको हाे ।

यसअधि, दिपाश्री निरौला र करिश्मा मान्धरले अध्यक्षको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली प्रभात लामा र एलिना बास्कोटा देखिने भएका छन् ।