NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तस्करपुत्र समाउँदा तनाव, सडक अवरुद्ध, विमानस्थलमा आक्रमण, २ को मृत्यु

काठमाडौं । एक लागूऔषध तस्करका पुत्रलाई प्रहरीले नियन्त्रणमा लिँदा देशभर तनाव भएको छ । घटनामा दुई जनाको ज्यानसमेत गएको छ ।

लागूऔषधका नामुद तस्कर एल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको हो । घटनामा दुई जनाको ज्यान गएको छ ।

ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो बुबाको ड्रग कार्टेलको प्रमुखको रूपमा वर्णन गर्दछ।

ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान सहरमा ६ महिनाको निगरानीपछि पक्राउ गरिएको थियो।

पक्राउपछि गिरोहका सदस्यहरूले सडक अवरुद्ध गरी सवारी साधनमा आगजनी र स्थानीय विमानस्थलमा आक्रमण गरेका छन् ।

उड्ने तयारी गर्दै गर्दा यात्रुवाहक विमानमा गोली प्रहार भएको थियो ।

सिनालोआका तीनवटा विमानस्थलमा सयभन्दा बढी उडान रद्द भएका छन् । राज्यका गभर्नरले बताएअनुसार, १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

मेक्सिकोका रक्षामन्त्रीका अनुसार ओभिडियो गुजमान लोपेजलाई सिनालोआ ड्रग कार्टेल चलाएको आरोप छ। यो विश्वको सबैभन्दा ठूलो लागूऔषध तस्करी संगठन हो।

ओभिडियोका बुबा एल चापो गुस्मान अमेरिकामा आजीवन कारावासको सजाय भोगिरहेका छन्। उनी सन् २०१९ मा लागूऔषध ओसारपसार र सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर भएका थिए ।