NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

कोरोना फैलिएको चीनमा सातामै चर्चित १६ सेलिब्रेटीको मृत्यु !

सेलिब्रेटीको मृत्यु कोरोनासँग नजोडिए पनि त्रास ह्वात्तै बढ्यो

काठमाडौं । चीनमा कोरोनाभाइरसको बढ्दो संक्रमणबीच चर्चित सेलिब्रेटीको मृत्यु भएका खबर धमाधम प्रकाशमा आएका छन् । यी निधनमा कोरोना नजोडिए पनि जनस्तरमा भने त्रास ह्वात्तै बढेको छ ।

गत महिना मात्र ओपेरा गायक चु लानलानको ४० वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । परिवारले यसप्रति दुःख व्यक्त गरे पनि मृत्युको कारण भने खुलाएका थिएनन् ।

त्यस्तै, नयाँ वर्षमा अभिनेता कुङ जिन्ताङको मृत्युले चीनमा इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध बनाएको छ ।

८३ वर्षीय जोङ एक लोकप्रिय चिनियाँ टिभी शृंखला इन–लॉज, आउट लॉज मार्फत चर्चामा आएका थिए। उनको चरित्रको नाम ‘फादर खाङ’ थियो ।

उनको मृत्युको कारण खुलेको छैन तर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अन्य वृद्धको मृत्युसँग जोडिरहेका छन्।

एक प्रयोगकर्ताले धभष्दय मा लेखेका छन्, ‘फादर खाङको आत्माले शान्ति पाओस्। यो लहरले धेरै वृद्धहरूको ज्यान लिइरहेको छ । बुढापाकाको पूरा ख्याल गर्नुहोला ।’

हालै भएका मृत्युमध्ये चर्चित पटकथा लेखक ८४ वर्षीय नि जेन र पूर्व पत्रकार हु फ्युमिङ (८७ वर्ष) को मृत्यु चर्चाको विषय बनेको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार २१ देखि २६ डिसेम्बरको बीचमा देशमा विज्ञान र इन्जिनियरिङका १६ शीर्ष व्यक्तिको मृत्यु भएको छ । ्

यी मृत्युमध्ये कुनै पनि कोभिडसँग् जोडिएका थिएन, तर सामाजिक सञ्जालमा यसको व्यापक चर्चा भयो।

चीनको शून्य कोभिड नीति

चीनले डिसेम्बरमा आफ्नो शून्य कोभिड नीति अन्त्य गर्‍यो। यसपछि देशमा कोरोना संक्रमितको गति निकै बढेको छ ।

चीनमा अस्पताल र शवदाह गृहहरूमा भीडभाड बढेको विवरणहरू आइरहेका छन् ।

तर, चीनले कोरोनाको दैनिक तथ्यांक सार्वजनिक गर्न बन्द गरेको छ । आफ्नो मापदण्ड अनुसार चीनले डिसेम्बरमा मात्र २२ जना कोरोना केस आएको बताएको छ ।

अहिले निमोनियाजस्ता श्वासप्रश्वाससम्बन्धी रोग लागेर मृत्यु हुनेको मात्रै गणना भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार चीनले कोरोनाका बढ्दो केस र मृत्युको बारेमा सही जानकारी नदिएको भन्दै तथ्यांक सार्वजनिक गर्न चेतावनी दिएको थियो ।