NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

टी २० सिरिज भारतको पोल्टामा

काठमाडौं ।भारतले तेस्रो टी–२० खेलमा श्रीलंकालाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले श्रीलंकालाई ९१ रनले पछि पार्दै सिरिज पोल्टामा पारेको हो ।

भारतको यो जितमा सूर्यकुमार यादव नायक बने । उनले खेलको दौरान अविजित ११२ रन जोडे ।

पहिले ब्याटिङ गरेको भारतले समग्रमा पाँच विकेटको क्षतिमा २२८ रन बनाउँदा श्रीलंका १७ ओभरमा १३७ रनमा अलआउट भयो ।

यो जितमा सूर्यकुमारले केही कीर्तिमान समेत बनाए । उनले ९ छक्का र सात चौकाको मद्दतमा ११२ रन बनाए । टी–ट्वान्टी क्रिकेटमा उनको यो तेस्रो शतक हो । भारतका लागि शुभमन गिलले ४६ र राहुल त्रिपाठीले ३५ रन बनाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष