NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

क्रिकेटरसँग विवाहपछि गुमनाम अभिनेत्रीहरू

बलिउड उद्योगका अभिनेत्रीहरूको नजर सेलिब्रेटी र व्यवसायीबाहेक क्रिकेटरमा पनि पर्ने गरेको छ । भारतमा क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो छ । एकातिर खेलाडीसँग अभिनेत्रीको अफेयरको खबरले निकै चर्चा पाइरहेको छ भने अर्कातिर बलिउडका धेरै अभिनेत्रीले क्रिकेटरसँग विवाह गरेका छन् । प्रायः ती जोडी हेडलाइनमा छाइरहने गरेका छन् । विवाहपछि धेरै अभिनेत्रीले फिल्म क्षेत्रलाई निरन्तरता दिए पनि केही भने फिल्मबाट टाढा भए ।

हार्दिक पाण्डेय र नताशा स्टान्कोभिक

यो सूचीको पहिलो नम्बरमा आउने नाम हो, क्रिकेटर हार्दिक पाण्डेय र अभिनेत्री नताशा स्टान्कोभिक । नताशा एक सर्बियाई मोडेल, अभिनेत्री र नर्तक हुन्। क्रिकेटर हार्दिककी श्रीमती नताशा स्टान्कोभिक विवाहपछि बलिउड करियरबाट ओझेल परिन् । कोरोनाको समयमा पूरै देश लकडाउनमा रहेको बेला हार्दिक र नताशाले बिहे गरेका थिए । नताशा सन् २०१४ मा फिल्म ‘सत्याग्रह’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यस फिल्ममा उनले ‘आयो जी’ गीतमा डान्स गरेकी थिइन् । सोही वर्ष उनी रियालिटी शो ‘बिग बोस’को हिस्सा बनेकी उनले सन् २०१७ मा ‘ओ मेरी मेहबुबा’ गीतमा धुम मच्चाएकी थिइन् ।

यसपछि २०१९ मा उनी अन्तिम पटक ‘झलक दिखला जा रिलोडेड’ गीतमा देखापरिन् । २०२० को सुरुमा नै हार्दिक र नताशाले इन्गेजमेन्ट गरे र त्यसपछि विवाह गरे । त्यसयता नताशा कुनै फिल्म वा गीतमा देखिएकी छैनन् ।

जहीर खान र सागरिका घाटगे

यो सूचीको अर्को नम्बरमा क्रिकेटर जहीर खान र अभिनेत्री सागरिका घाटगे छन् । बलिउड अभिनेत्री सागरिका घाटगेले भारतीय क्रिकेट टिमका फास्ट बलर जाहिर खानसँग विवाह गरेकी छन् । सागरिकाले शाहरुख खान अभिनित फिल्म ‘चक दे ​​इन्डिया’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । फिल्मी करियरलाई अस्वीकार गर्दै उनले २०१७ मा जहीर खानसँग विवाह गरिन् । सागरिकाको अन्तिम फिल्म ‘इरादा’ सोही वर्ष आएको थियो । त्यसपछि सागरिका बलिउड फिल्ममा देखिइनन् ।

हरभजन सिंह र गीता बसरा

यस सूचीमा क्रिकेटर हरभजन सिंह र अभिनेत्री गीता बसराले पनि आफ्नो स्थान बनाएका छन् । टीम इन्डियाका दिग्गज स्पिनर हरभजन सिंहकी पत्नी गीता बसरा पनि ती बलिउड अभिनेत्री हुन् जसले विवाहपछि आफ्नो फिल्मी करियरलाई तिलाञ्जली दिइन्।

बसराले सन् २००६ मा फिल्म ‘दिल दिया है’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । गीता र हरभजनले एकअर्कालाई आठ वर्षसम्म डेट गरेका थिए । यसपछि दुवैले २०१५ मा विवाह गरे ।

गीताले सन् २०१५ मा फिल्म ‘सेकेन्ड ह्याण्ड हस्ब्यान्ड’ र विवाहपछि २०१६ मा फिल्म ‘लक’ मा काम गरे पनि फिल्म ‘लक’ गीताको अन्तिम फिल्म थियो । त्यसयता उनले अभिनयको दुनियाँबाट आफूलाई टाढा राखेकी छन् ।

युवराज सिंह र हेजल कीच

यस लिस्टमा क्रिकेटर युवराज सिंह र उनकी पत्नी हेजल कीचको नाम पनि परेको छ । आज हेचल कीच क्रिकेटर युवराज सिंहकी पत्नीको रूपमा चिनिन्छन् । तर कुनै समय उनी बलिउड उद्योगमा उत्कृष्ट अभिनेत्रीहरूमध्ये एक थिइन्।

हेचेल कीच मोडलसमेत हुन् । हेचलले सन् २०११ मा सलमान खान र करीना कपूर अभिनीत फिल्म ‘बडीगार्ड’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। त्यो फिल्मपछि हेचल कीचले करिब ५ फिल्ममा अभिनय गरिन् । जब सन् २०१६ मा क्रिकेटर युवराज सिंहसँग विवाह गरिन् । सोही वर्ष हेचल कीच अन्तिम पटक फिल्म ‘बाँके की क्रेजी बारात’मा आइटम नम्बरमा देखिएकी थिइन् । तर विवाहपछि हेचल कीचले पनि फिल्मी संसारलाई माया मारिन् ।

मोहम्मद अजरुद्दीन र संगीता बिजलानी

यस सूचीमा क्रिकेटर मोहम्मद अजहरुद्दीन र अभिनेत्री संगीता बिजलानी पनि परेका छन् । भारतीय क्रिकेट टोलीका पूर्व कप्तान मोहम्मद अजहरुद्दीनले सन् १९९६ मा पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर बलिउड अभिनेत्री संगीता बिजलानीसँग दोस्रो विवाह गरेका थिए ।

लामो समय प्रेममा रहेर क्रिकेटरसँग विवाह बन्धमा बाँधिएकी बिजलानीले अन्तिम पटक फिल्म ‘निर्भय’ मा अभिनय गरेकी थिइन् । विवाहपछि नायिका फिल्मी दुनियाँबाट अलप भइन् । फिल्म ‘निर्भय’पछि संगीताले कुनै फिल्म गरिनन् । तर, अजहरुद्दीन र संगीताको विवाह लामो समय टिक्न सकेन । दुवैले सन् २०१० मा छुट्टिने निर्णय गरे र सम्बन्धविच्छेद गरे ।