NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चीनमा सडक दुर्घटना :  १७ जनाको मृत्यु, २२ घाइते 

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीले जनाएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको समाचारमा जनाइएको छ ।