NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

छोरीको फोटो नखिचिदिन आलिया–रणवीरको आग्रह

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरले पापाराजीसँग भेटघाट गरेर आफ्नी छोरीको फोटो नखिचिदिन आग्रह गरेका छन् ।

योसँगै उनीहरू द्वयले आफू छोरी राहालाई लिएर संरक्षणत्मक हुन चाहेको बताएका छन् ।

शनिबार आलियाले पापाराजीसँग भनिन्, ‘तपाईहरूले आफ्नो काम गरिरहनुभएको छ भन्ने कुरालाई मैले राम्ररी बुझेकी छु । तर, अहिले राहा नाबालिक छिन् । उसले भर्खर मात्रै हाम्रो अनुहार चिन्न थालेकी छन् । सेलिब्रेटीको लाइफबारे उसलाई केही पनि थाहा छैन । त्यसैले हामी अहिले उसको तस्विर नखिचियोस् भन्ने चाहन्छौं । हामी प्रोटेक्टिभ अभिभावक हौं ।’

यदी राहाकोे फोटो खिचिएको अवस्थामा समाजिक सञ्जालमा प्रयोग हुने इमोजीले उनको अनुहार छोप्नसमेत आलियाले आग्रह गरेकी छिन् ।
राहाको फोटो भाइरल हुन नदिनका लागि फ्यान क्लबसँग पनि कुरा भइरहेको उनले बताइन् । यसबारेमा कुरा गरिरहँदा रणवीर र आलियाले पापाराजीलाई प्रकाशन तथा प्रचारप्रसार गर्ने शर्तमा(अफ दी रेकर्ड) राहाको फोटो देखाएका थिए ।

आलियासँगै सोनम कपूर, प्रियंका चोपडा, अनुष्का शर्मा र विपाशा बासुलगायतले आफ्नो बच्चाको फोटो सार्वजनिक गरेका छैनन् । आफ्ना सन्तानलाई ‘लाइमलाइट’ बाट टाढै राख्नका लागि यस्तो निर्णय गरेको उनीहरूले बताउँदै आएका छन् ।

यसअघि सोनम कपूर, अनुश्का शर्मा र विराट कोह्लीले पनि समाजिक सञ्जालमा आफ्नो बच्चको अनुहार सार्वजनिक नगरिदन आग्रह गरेका थिए ।