NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भारतमा बस दुर्घटना हुँदा १४ नेपालीको मृत्यु

काठमाडौं ।भारतको लखनउनजिकै बस दुर्घटना हुँदा १४ जना नेपालीको मृत्यु भएको छ । गुजरातबाट कैलालीको टीकापुरतर्फ आइरहेको बस आइतबार बिहान दुर्घटना भएको हो ।

ज्यान गुमाउने सबै टीकापुर आसपासका भएको बताइए पनि एकको मात्र सनाखत भएको छ ।

नेपाली चढेको बसलाई दुईतर्फबाट बसले ठक्कर दिएपछि दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।