NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आज ५ जनामा कोरोना संक्रमण देखियाे

काठमाडौं । सोमबार थप ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

त्यस्तै, गएको २४ घण्टामा २ जना कोरोनामुक्त भएका छन् भने २४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८६ जनाले कोरोविरुद्ध खोप लगाएका छन् ।

छिमेकी मुलुकमा कोरोनाको नयाँ सबभेरियन्टल फैलिरहेको छ । नेपालमा पनि यसको लागि आवश्यक तयारी गरेको मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयले सर्तकता अपनाउन सचेत गर्दै आइरहेको छ ।