NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

वेल्सका कप्तानद्वारा सन्यास घोषणा

काठमाडौं । वेल्सका कप्तान ग्यारेथ बेलले सन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय बेलले अन्तर्राष्ट्रिय र क्लब दुवै किसिमका खेलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

ट्विटरमार्फत सन्यासको घोषणा गर्दै बेलले यो आफ्नो जीवनकै सबैभन्दा कठिन निर्णय भएको बताएका छन् ।

करिअर दौरान लस एन्जलस, साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडमा आबद्ध भएर खेलिसकेका बेल वेल्सका सशक्त खेलाडीमध्ये एक हुन् । वेल्सलाई दुई युरोपियन च्याम्पियन्स दिलाउन भूमिका खेलेका वेलले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् ।