NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एसिड आक्रमणमा परेकालाई नि: शुल्क उपचार दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसिड आक्रमणमा परेकालाई नि:शुल्क उपचार दिने भएको छ ।

मन्त्रिपरिषदबाट निर्णय भए बमोजिम एसिड आक्रमणका पिडितलाई उपचार सम्बन्धी कार्यविधि २०७८ अनुसार सो व्यवस्था मिलाइएको हो ।

पिडितले आकस्मित उपचारका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट नि: शुल्क उपचार पाउने छन् भने आकस्मितबाहेक अन्य उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा जानु पर्ने मन्त्रालयले जनाएको छ ।

May be an image of text

ताजा अपडेट

नेपालवाच विशेष