NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

निषेध होइन, सहकार्यको राजनीति आजको माग हो – शर्मा

काठमाडौं । माओवादी केन्द्रकी सांसद तथा सचेतक रेखा शर्माले अहिलेको संसदीय बनौटले निषेध नभएर सहकार्यको राजनीति माग गरेको बताएकी छिन्।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का लागि संसदमा विश्वासको मत माग्ने क्रममा शर्माले यस्तो बताएकी हुन् ।

विशेषतः हाल गठबन्धनमा भएका दलहरू भन्दा पनि प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गर्नुले सहकार्यको राजनीतिलाई अघि बढाएको सन्देश दिएको उनले बताइन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघि भन्नुभएजस्तै यो संसदको बनावटले नै निषेध हैन सहकार्यको राजनीति माग गर्छ,’ उनले भनिन्, ‘जनताबाट समृद्धितर्फ जाने जनादेश प्राप्त भएको छ । बहुमत प्राप्त गर्न नसक्दा संविधानको धारा ७६ (१) अनुसार हामीले सरकार गठन गर्न सकेनौं । धेरैवटा पार्टी सरकारमा आएका छौं । जनताको जनादेश अनुसार हाम्रो गतिविधि अगाडि बढ्नुपर्छ । त्यही नै आजको आवश्यकता हो ।’

प्रधानमन्त्री प्रचण्डलाई प्राप्त हुने विश्वासको मतले नेपालको राजनीति सहकार्यमा अघि बढ्दैछ भन्ने सकारात्मक सन्देश दिने उनले बताइन् ।