NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

संसदबाटै माधव नेपालले मागे टीकापुर घटनाका दोषि चौधरीको रिहाइको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालले संसदबाटै टीकापुर घटनाका मुख्य नाइके रेशम चौधरीको रिहाइको माग गरेका छन् ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने क्रममा उनले संसदको रोष्मबाटै चौधरीको रिहाइको माग गरेका हुन् ।
‘टिकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च्तम पूाथामिकता दिएर रिहाई गर्न ध्यान जाओस् । उहाँ यसअघि संसदको माननिय पनि हुनुहुन्छ,’ उनले भने ।

२०७२ सालमा घटेको टीकापुर घटनामा दोषि ठहर भएका चौधरी हाल डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन् । साे घटनामा ८ जनाकाे मृत्यु भएकाे थियाे ।