NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तीन प्रदेशले पाउँदै आज मुख्यमन्त्री

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछन् ।

मुख्यमन्त्री नियुक्तिका लागि यी तीन वटै प्रदेशका प्रमुखले आह्वान गरेका थिए । जसको समयसीमा आज समाप्त हुँदैछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तीन वटै प्रदेशमा सत्ता गठबन्धन दलले सरकार बनाउँदैछन् । केन्द्रमा भएको समझदारीअनुसार, सत्तासाझेदार दलले सरकार गठन गर्न लागेका हुन् ।

लुम्बिनीमा एमालेले सरकार बनाउँदैछ । एमाले संसदीय दलका नेता लीला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गरे पनि शक्ति बाँडफाँटबारे सहमति हुन बाँकी छ ।

कर्णालीमा माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेस गर्दैछन् । यहाँ आज बेलुकी ५ बजेसम्मको समय दिइएको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३ र नेकपा एमालेका १० सांसद छन् । यहाँ राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रतर्फ पनि एक–एक सांसद छन् ।

यो प्रदेशमा आलोपालो मुख्यमन्त्री हुनुपर्ने एमालेको माग छ । केन्द्रको भागबण्डामा यो प्रदेश माओवादीको भागमा परेपछि यमलाल कँडेललगायत एमाले नेता रुष्ट छन् ।

आलोपालो सरकारको नेतृत्व हुने सहमति भएको सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले नेतृत्व गर्दैछ । जसअनुसार आज एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।