NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हुम्लामा गोल्डकप हुने, विजेतालाई एक लाख ५० हजार पुरस्कार

सिमकोट । हिमाली जिल्ला हुम्लामा पहिलो हुम्ला गोल्डकप हुने भएको छ ।

हुम्ला फुटबल एकेडेमीले आगामी २०८० वैशाख १५ गतेदेखि जिल्लास्तरीय गोल्डकप आयोजना गर्ने भएको हो ।

हालसम्मकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगितामा सातवटै गाउँपालिकाका टिम र जिल्लामा दर्ता भएर क्रियाशील रहेका क्लबले उक्त कपमा भाग लिन पाउने भएको एकेडेमीका अध्यक्ष विष्णु रावतले बताए ।

गोल्डकप विजेताले एक लाख ५० हजार नगद र ट्रफी पाउनेछन् भने द्वितीय हुनेले एक लाख नगद पाउनेछन् । त्यस्तै तृतीय हुने टिमले ७५ हजार पाउने छन् ।

लिग चरण खेलाइने प्रतियोगितामा प्रत्येक खेलमा एक जना म्यान अफ द म्याच पनि घोषित गरिने भएको अध्यक्ष रावतले बताए।

हुम्ला गोल्डकप अब प्रत्येक वर्ष सञ्चालन हुने भएको छ । गोल्ड कपका लागि एकेडेमीले फुटबल ग्राउण्डलाई व्यवस्थित गर्ने कार्य माघ महिनामा गर्ने जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष