NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को  उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ), राप्रपा र नागरिक उन्मुक्ति पार्टी (एक/एक) सहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।